दृष्टि फाउण्डेसनको स्कुटरमाथि अज्ञात समूहद्धारा आगजनी

धनगढी : धनगढीमा रहेको दृष्टि फाउण्डेसनको स्कुटरमाथि अज्ञात समूहले आगजनी गरेको छ।फाउण्डेसनको आगानमा राखेको फाउण्डेसनको से ७ प २१८२ नम्वरको स्कुटर मध्यराती १२ बजे अज्ञात समुहले आगजनी गरिएको कल्पना भट्टले बताइन ।

उनले आगजनी गरेको नया स्कुटरसङ्ग पुरानो स्कुटर पनि रहेको तर मध्यराति १२ बजे नयाँ स्कुटरमाथि आगजनी गरेको बताइन ।

फाउण्डेसनले सडकमा मानसिक सन्तुलन कमजोर भएका बेसहारलाई आश्रम दिएर हेरचाह गर्दै आएको छ ।स्कुटरमाथि आगजनी गर्नेहरुको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय कैलाली जनाएको छ।


६ चैत २०७६, बिहीवार ०४:२५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु