punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रचण्डलाई जुत्ता प्रहार गर्ने रतन तिरुवा धरौटीमा रिहा

Chaupati
safha napa

काठमाडाैँ : सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जुत्ता प्रहार गरेको अभियोगमा पक्राउ परेका रतन तिरुवा रिहा भएका छन्। जुम्लाका तिरूवा केही दिन अघि सार्वजनिक कार्यक्रममा नै प्रचण्डमाथि जुत्ता प्रहार गरेका थिए।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका सीडीओ जनकराज दाहालले तिरुवालाई ५ सय धरौटीमा रिहा गर्ने आदेश दिएपछि रिहा भएका हुन्। महानगरीय प्रहरी वृत्त सिंहदरबारका डीएसपी कौशल कुमार बुढाथोकीका अनुसार तिरुवा धरौटीमा बुधबार रिहा भएका हुन्।

गत फाुगन १८ गते काठमाडौंको राष्ट्रियसभामा आयोजित नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा सम्बोधन गरेर सिटमा फर्किने क्रममा कार्यक्रमा प्रचण्डमाथि उनले जुत्ता प्रहार गरेका थिए। तर उनले प्रहार गरेको जुत्ताले प्रचण्डलाई लाग्न पाएन। उनलाई तत्कालै सुरक्षाकर्मीले पक्राउ गरेर नियन्त्रणमा लिएको थियो।


६ चैत २०७६, बिहीवार ०२:३८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु