punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भन्सार छलीका लुगा कपडा सहित ३ जना पक्राउ

Chaupati
safha napa

धनगढी : धनगढीमा भन्सार छलीका लुगा कपडा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालीका वडा एरियाबाट बझाङ केदारस्यु गाउँपालिका वडा नम्वर ७ बस्ने २६ बर्षीय कुशला शाही धामी, जिल्ला दार्चुला मार्मा गाउँपालिका वडा नम्वर ६ बस्ने बर्ष २० का चन्द्रदेव जोशी र बझाङको सुर्मा गाउँपालिका वडा नम्वर ४ बस्ने बर्ष ३९ का टोप बहादुर बोहरालाई पक्राउ गरिएको हो।

उनीहरुको साथबाट ५८ पिस लेहङगा, ३८ सुटपिस, वच्चाको पाईन्ट र सट ७२ पिस, लेडिज सुरुवाल ३६ पिस गरी एक लाख तिस हजार बराबरको लुगा कपडा बरामद गरीएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए। आवश्यक कारबाहीका लागी त्रिनगर भन्सार कार्यालय कैलाली पठाईएको उनले बताए ।


५ चैत २०७६, बुधवार ०९:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु