बझाङको मष्टा गाउँपालिकामा दादुरा रुबेला खोप अभियान सम्पन्न

बझाङ : जिल्लाको मष्टा गाउँपालिकामा दादुरा रुबेला खोप अभियान मगलवार सम्पन्न भएको छ । नेपाल सरकारको निति अनुसार जिल्लाको मस्टा गाँउपालीकाका ७ ओटै वडाहरुमा चैत १ गते देखी ४ गते सम्म सञ्चालन भएको विभिन्न खोप केन्द्रहरुमा दादुरा रुबेला अभियान सम्पन्न गरेको हो ।

यस अभियानमा ९ महिना देखि ५ बर्ष मुनिका सम्पुर्ण बालबालिका हरुलाई खोप लगाउने लक्ष्य रहेको थियो । ४ दिन सम्म संचालित यस अभियानमा ९ महिना देखि २ बर्ष मुनिका ३ सय ४३ र २ वर्ष देखि ५ बर्ष मुनिका जम्मा ९ सय ३४ गरि जम्म एक हजार २ सय ७७ जनालाई दादुरा रुबेला विरुद्धको खोप लगाइएको मष्टा गाउँपालिकाका स्वास्थ्य शाखा उपप्रमुख भिम बहादुर बोहराले बताए ।


५ चैत २०७६, बुधवार ०९:३९ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु