सुदूरपश्चिम प्रदेशबाट ५४ हजार ५ सय ३७ विद्यार्थी एसईई परीक्षा सहभागि हुँदै

सुदूरपश्चिम प्रदेशको नौवटै जिल्लामा आउँदो चैत ६ गतेदेखि हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा भएको प्रदेश शिक्षा विकास निर्देशनालयले जनाएको छ। चैत्र ६ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक धारका परीक्षार्थी सहभागी हुँदैछन् । सुदूरपश्चिमबाट ५४ हजार ५ सय ३७ जना विद्यार्थी सहभागि हुने भएका छन् । (एसइई) को परीक्षामा सुदूरपश्चिम प्रदेशबाट २६ हजार १ सय ४२ छात्र र २८ हजार ३ सय ९५ छात्रा सामेल हुने भएका छन् । तीमध्ये नियमित (साधारण) तर्फ ५० हजार ६ सय ४८ जना, ग्रेडवृद्धितर्फ २ हजार ८ सय ६२ र प्राविधिकतर्फ १ हजार २७ जना विद्यार्थीले परीक्षा दिने भएका छन् । शिक्षा विकास निर्देशनालय दिपायलका अनुसार सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा, अछाम, बैतडी, दार्चुला, बझाङ र बाजुराका जिल्लामा परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

सुदूरपश्चिम प्रदेशमा यसवर्ष सबैभन्दा बढी कैलालीबाट १६ हजार ५ सय ६९ र सबैभन्दा कम डडेल्धुराबाट २ हजार ४ परीक्षार्थी सहभागी हुने शिक्षा विकास निर्देशनालय दिपायलका शाखा अधिकृत शंकरदत्त जोशीले जानकारी दिए । परीक्षामा प्रदेशभर २ सय ११ परीक्षा केन्द्रहरु निर्धारण गरिएको छ । परीक्षाको व्यवस्थापन गर्न प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र शिक्षा विकास तथा समन्वय एकाइले परीक्षा समन्वय समिति गठन गरी सोही अनुसार केन्द्राध्यक्षको नियुक्ति गरिएको बताइएको छ । प्रदेश अन्तर्गतका ९ जिल्लाका ७ सय ७८ सामुदायिक र १ सय ९७ संस्थागत गरि ९ सय ७५ मावि तहमा अध्ययनरत विद्यार्थी परीक्षामा सहभागि हुँदैछन् । संघीय संरचना अनुसार एसईई परीक्षाको व्यवस्थापन, सञ्चालन, अनुगमन र उत्तरपुस्तिका खरीद लगायतका सम्पूर्ण काम प्रदेश सरकार अन्तर्गत नै भएको शिक्षा अधिकृत जोशीले बताए । परीक्षा अवधिमा प्रत्येक परीक्षा केन्द्रमा १५ जनाको संख्यामा सुरक्षाकर्मी हुनेगरि ३ हजार १ सय ६५ सुरक्षाकर्मी परिचालन गरिने जनाइएको छ ।

जिल्ला अनुसार सहभागि हुने विद्यार्थी :-

कैलाली- नियमिततर्फ ७ हजार ४ सय ६६ छात्र र ६ हजार ४ सय ९ छात्रा गरि कुल १५ हजार ९ सय ५ जना छन् । ग्रेडवृद्धितर्फ १ सय ३९ छात्र र २ सय ७३ छात्रा गरि कुल ४ सय १२ जना सहभागि हुनेछन् । त्यस्तै, प्राविधिक धारतर्फ १ सय ६९ छात्र र ८३ छात्रा गरि २ सय ५२ जना रहेका छन् ।

कञ्चनपुर- नियमिततर्फ ४ हजार ४ सय १३ छात्र र ५ हजार १ सय ४७ छात्रा गरि कुल ९ हजार ५ सय ६० जना छन् । ग्रेडवृद्धितर्फ १ सय ८० छात्र र ३ सय २८ छात्रा गरि कुल ५ सय ८ जना सहभागि हुनेछन् । त्यस्तै, प्राविधिक धारतर्फ ९३ छात्र र ६७ छात्रा गरि १ सय ६० जना रहेका छन् ।

डोटी- नियमिततर्फ १ हजार ५ सय ६४ छात्र र १ हजार ४ सय ४० छात्रा गरि कुल ३ हजार ४ जना परीक्षार्थी रहेका छन् । ग्रेडवृद्धितर्फ ६० छात्र र ३१ छात्रा गरि कुल ९१ जना सहभागि हुने भएका छन् । त्यस्तै, प्राविधिक धारतर्फ ५० छात्र र ३६ छात्रा गरि ८६ जना रहेका छन् ।

डडेल्धुरा- नियमिततर्फ ९ सय ८६ छात्र र १ हजार ९७ छात्रा गरि कुल २ हजार ८३ जना छन् । ग्रेडवृद्धितर्फ ६९ छात्र र १ सय २९ छात्रा गरि कुल १ सय ९८ जना सहभागि हुने भएका छन् । त्यस्तै, प्राविधिक धारतर्फ ७८ छात्र र ४१ छात्रा गरि १ सय १९ जना रहेका छन् ।

अछाम- नियमिततर्फ २ हजार ४५ छात्र र २ हजार ३ सय ७ छात्रा गरि कुल ४ हजार ३ सय ५२ जना विद्यार्थी छन् । ग्रेडवृद्धितर्फ १ सय २५ छात्र र १ सय ४५ छात्रा गरि कुल २ सय ७० जना सहभागि हुनेछन् । त्यस्तै, प्राविधिक धारतर्फ ८१ छात्र र २८ छात्रा गरि १ सय ९ जना रहेका छन् ।

बैतडी- नियमिततर्फ २ हजार ५ सय ५३ छात्र र २ हजार ६ सय ४५ छात्रा गरि कुल ५ हजार १ सय ९८ जना विद्यार्थी छन् । ग्रेडवृद्धितर्फ १ सय ७७ छात्र र १ सय २२ छात्रा गरि कुल २ सय ९९ जना सहभागि हुनेछन् । त्यस्तै, प्राविधिक धारतर्फ ८९ छात्र र ३२ छात्रा गरि १ सय २१ जना रहेका छन् ।

दार्चुला- नियमिततर्फ १ हजार ४ सय ३६ छात्र र १ हजार ५ सय ७६ छात्रा गरि कुल ३ हजार १२ जना विद्यार्थी छन् । ग्रेडवृद्धितर्फ १ सय ८५ छात्र र २ सय ६० छात्रा गरि कुल ४ सय ४५ जना सहभागि हुनेछन् । त्यस्तै, प्राविधिक धारतर्फ ३६ छात्र र १२ छात्रा गरि ४८ जना रहेका छन् ।

बझाङ- नियमिततर्फ २ हजार ३ सय ८७ छात्र र २ हजार ३ सय १५ छात्रा गरि कुल ४ हजार ७ सय २ जना विद्यार्थी छन् । ग्रेडवृद्धितर्फ ९८ छात्र र ९६ छात्रा गरि कुल १ सय ९४ जना सहभागि हुनेछन् । त्यस्तै, प्राविधिक धारतर्फ ४५ छात्र र ४८ छात्रा गरि ९३ जना रहेका छन् ।

बाजुरा-नियमिततर्फ १ हजार ४ सय ७ छात्र र १ हजार ४ सय २५ छात्रा गरि कुल २ हजार ८ सय ३२ जना विद्यार्थी छन् । ग्रेडवृद्धितर्फ ९८ छात्र र ९६ छात्रा गरि कुल १ सय ९४ जना सहभागि हुनेछन् । त्यस्तै, प्राविधिक धारतर्फ १ सय ९३ छात्र र २ सय ६० छात्रा गरि ४ सय ५३ जना रहेका छन् ।


५ चैत २०७६, बुधवार ०२:३३ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु