कोरोना संक्रमण : मृत्युु हुनेको संख्या सात हजार ९ सय ६५ पुग्यो

चीनको वुहानबाट सुरू भएर विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस९कोभिड–१९० अहिले विश्वका १ सय ६० भन्दा बढी देशमा फैलिइसकेको छ ।

बुधबार बिहानसम्म कोभिड–१९ को संक्रमणबाट ७ हजार ९ सय ६५ जनाको मृत्यु भइसकेको छ भने करिब २ लाख संक्रमित भएका छन् । संक्रमितमध्ये करिब ८० हजार भने निको भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

पछिल्लो २४ घण्टामा चीनमा थप ११ जनाको मृत्यु भएको छ भने थप १३ जनामा संक्रमण देखिएको छ । बुधबार बिहानसम्म चीनमा ३ हजार २ सय ३७ को मृत्यु भएको छ भने ८० हजार ८ सय ९४ संक्रमित भएका छन् ।

चीनमा निको हुनेको संख्या करिब ६८ हजार रहेको छ । कोरोना चीनमा नियन्त्रणोन्मुख भइरहँदा युरोप र अमेरिकामा भने फैलिइरहेको छ ।


५ चैत २०७६, बुधवार ०२:२८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु