तीन दिनको मौसम पूर्वानुमान
काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार देशैभरको मौसम अहिले सफा जनाएको छ । महाशाखाका वरिष्ठ मौसमविद् राजु प्रधानांगका अनुसार काठमाडौं उपत्यकामा पनि मौसम सफा रहेको छ ।
न्यूनतम तापक्रम १० डिग्री सेल्सियस रहेको छ । भिजिबिलिटी भने केही घटेको छ । जम्मा ३ किलोमिटर रहेको छ । हाल नेपालमा उल्लेखनिय मौसमी प्रणाली छैन । दिउँसो पश्चिमी पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पश्चिमी पहाडी भूभागका १–२ स्थानहरुमा मेघ गर्जनसहित हल्का वर्षाको संभावना रहेको छ ।
यस्तो छ बिहीबार र शुक्रबारको पूर्वानुमान
बिहीबार देशको पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पश्चिमी पहाडी भूभागका १–२ स्थानहरुमा मेघ गर्जनसहित हल्का वर्षाको संभावना रहेको छ ।
राती भने देशभर मौसम सामान्यतया सफा रहनेछ । शुक्रबार दिउँसो देशको पश्चिमी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
देशको पश्चिमी पहाडि भूभागका १–२ स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ ।त्यस्तै राती देशको पश्चिमी तथा मध्य भूभागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
५ चैत २०७६, बुधवार ०२:२२ बजे प्रकाशित