punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भारतले अतिक्रमण गरेको सीमा क्षेत्रमा कांग्रेस संसदीय दलका नेताको टोलीद्धारा अनुगमन

Chaupati
safha napa

कञ्चनपुर : कञ्चनपुरको बेलौरी–बेल्डाँडी क्षेत्रमा नेपाल भारत सीमा सर्वेका क्रममा नेपाली भुमिमा धमाधम सीमा स्तम्भ खडा गरी अतिक्रमण गरिएको क्षेत्रमा नेपाली काँग्रेस सुदुरपश्चिम प्रदेशका संसदीय दलका नेता डा। रणबहादुर रावलको टोलीले मंगलबार स्थलगत अवलोकन गरेको छ । 

संसदीय दलका नेता डा। रावलको नेतृत्वमा विवादित क्षेत्रमा अनुगमनमा पुगेको टोलीले भारतीय अतिक्रमणको विरुद्ध लड्दै गर्दा एसएसबीको गोली प्रहारबाट शहादत प्राप्त गरेका सहिद गोबिन्द गौतमको शालिकमा खादा ओढाएर सम्मान गरेको थियो । 

सुदुर पश्चिम प्रदेश नेपाली काँग्रेसको संसदीय टोलीले पुनर्वासको आनन्दबजार, बेलौरीको पचुइ, भुडा र बेल्डाँडीको बैबाहामा गरिएको भारतद्वारा अतिक्रमित भुमिको स्थलगत अवलोकन गरेको थियो । 

सुदुर पश्चिम प्रदेशको नेपाली काँग्रेसको संसदीय अनुगमन टोलीमा  संसदीय दलका प्रवक्ता डिल्लिराज पन्त, सचेतक टेकबहादुर रैका, सभासद श्यामलाल राना, सभासद दिव्यश्वरी शाह, सभासद अम्बी कुमारी थापा रहेका थिए । 

कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नम्बर ३ वैवाहामा नेपाल–भारत संयुक्त सीमा सर्भे टोलीले हालै निर्माण गरेको ७८३–४ नम्बरको सीमा स्तम्भ उनीहरुले हतौडा र ढुङ्गा प्रहार गरी तोडफोड गरिदिएका थिए ।

त्यस्तै, बेलौरी नगरपालिका वडा नम्बर १० भुडामा सीमा स्तम्भ राख्न नेपाली  भूमिमा २०५२ सालमा निर्माण सम्पन्न भएको महाकाली सिंचाइ परियोजनाको नहर किनारमै खनिएका खाल्डा समेत उनीहरुले पुरिदिएका छन् । जिल्लाको दक्षिणी क्षेत्रमा भइ रहेको सीमा सर्वेक्षणको कार्य हाल स्थगित रहेको छ ।


५ चैत २०७६, बुधवार ०१:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु