punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

१५७ देशमा फैलियो कोरोना, इटालीका मेयरको मृत्यु

Chaupati
safha napa

विश्वभर कोरोना भाइरसको संक्रमण १ सय ५७ देशमा फैलिएको छ। चीनको वुहानबाट तीन महिना अघि फैलिएको कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या साढे ६ हजार नाघेको छ। हालसम्म ६ हजार पाँच सय १५ जनाको ज्यान गइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

एकै दिनमा कोरोनाले ६ सय ८२ जनाले ज्यान गुमाएका छन्। इटालीमा विगत २४ घण्टामा ३ सय ६८ जनाले ज्यान गुमाएका छन्। त्यस्तै इरानमा थप एक सय १३ जनाको ज्यान गएको छ। त्यस्तै स्पेनमा ९६ जनाको मृत्यु भएको छ। कोरोनाका कारण उत्तरी इटालीको चेने नगरपालिकाका मेयर गोर्जियो भ्यालोटीको संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ। इटालीका सञ्चारमाध्यमका अनुसार मेयर भ्यालोटीको शुक्रबार मृत्यु भएको हो। श्वासप्रश्वासमा समस्याय देखिएपछि ७० वर्षीय मेयर भ्यालोटीलाई मार्च ७ मा अस्पताल भर्ना गरिएको थियो।

फोक्सोमा अत्यधिक संक्रमणका कारण शुक्रबार उनको मृत्यु भएको इटालीका सञ्चारमाध्यमले जनाएका छन्। यसैबीच इटालीमा कोभिड– १९ को संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय ९ पुगेको छ। थप ३ हजार ५ सय ९० जनामा संक्रमण देखिएको छ। त्यस्तै इटालीपछि बढी प्रभावित रहेको इरानमाथप एक हजार २ सय ९ जनामा संक्रमण देखिएको छ । सोमबार बिहानसम्म इरानमा मृतकको संख्या ७ सय २४ पुगेको छ भने संक्रमितको संख्या १३ हजार ९३८ रहेको छ ।

त्यस्तै जर्मनीमा आइतबार मात्रै थपप एक हजार २सय १४ जनामा संक्रमण देखिएको छ भने २ जनाको मृत्यु भएको छ। जर्मनीमा सोमबार बिहानसम्म ११ जनाको मृत्यु भएको छ भने ५ हजार ८ सय १३ संक्रमित भएका छन्। त्यस्तै पछिल्लो २४ घण्टामा चीनमा १४ जनामा संक्रमण देखिएको छ भने १४ जनाको मृत्यु भएको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा बेलायतमा १४, अमेरिकामा ११, नेदरल्यान्ड्समा ८, फिलिपिन्समा ४, दक्षिण कोरियामा ३, जापान, सान मारिनो र अस्ट्रेलियामा २–२ जना तथा स्विजरल्यान्ड, स्विडेन, बेल्जियम, डेनमार्क, ग्रीस, अल्जेरिया, हंगेरी र ग्वाटेमालामा एक–एक जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा जम्मा ६ सय ८२ को मृत्यु भएको छ भने थप १२ हजार ७ सय ६७ जनामा संक्रमण देखिएको छ। कोरोनाको संक्रमणबाट एक लाख ६९ हजारभन्दा बढीमा संक्रमण देखिँदा ७७ हजारभन्दा बढी निको भइसकेका छन्।


३ चैत २०७६, सोमवार ०३:०० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु