punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डडेल्धुराका दुई सीमा क्षेत्रमा ‘हेल्थ डेस्क’ स्थापना

Chaupati
safha napa

डडेल्धुरा : डडेल्धुराका दुई सीमा क्षेत्रमा ‘हेल्थ डेस्क’ स्थापना गरिएको छ। स्वास्थ्य कार्यालय र परशुराम नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९)को संक्रमणकाे जोखिम बढ्दै गएपछि हेल्थ डेस्क स्थापना गरेको हो।

नगरपालिकाले स्वास्थ्य कार्यालय डडेल्धुरासँगको समन्वयमा नगरपालिकाको वडा नं ५ परिगाउँको बाङ्घाट र वडा नं ६ तातापानीको सिसमजाला घाटमा हेल्थ डेस्कको स्थापना गरेको स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख अशुतोष श्रेष्ठले बताए।

भारतबाट नेपाल भित्रिने यात्रुहरुको स्वास्थ्य परीक्षणका लागि बिहीबारदेखि हेल्थ डेस्क सञ्चालनमा ल्याइएको स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख श्रेष्ठले जानकारी दिए।

हेल्थ डेस्कमा हाललाई एक–एकजना स्वास्थ्यकर्मी शीर्ष स्वास्थ चौकीबाट खटाइएको छ। आवश्यकताअनुसार थप जनशक्ति परिचालन गर्ने प्रमुख श्रेष्ठले बताए।


३० फागुन २०७६, शुक्रवार ०१:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु