भारतको लखनउमा पनि फेला परे कोरोना संक्रमित

भैरहवा : रुपन्देहीको सीमानासँग जोडिएको भारतको उत्तर प्रदेशको राजधानी लखनउमा पनि कोरोना संक्रमित फेला परेका छन् । भारतमा बिहीबार बिहानसम्म संक्रमितको संख्या ७३ पुगिसकेको छ । ३० हजार बढी शंकास्पद रहेकाले उनीहरुलाई चिकित्सकीय निगरानीमा राखिएको छ । नेपाली सीमानाबाट लखनउको नजिक छ । जुन रुपन्देहीको सीमानाबाट तीन सय २२ किलोमिटरको दूरीमा छ ।

क्यानडाबाट लखनउमा आफन्त भेट्न आएकी एक महिला चिकित्सकमा कोरोना भाइरसको पुष्टि भएको भारतीय संचारमाध्यम हिन्दुस्तान पत्रिकाको अनलाइन संस्करणले जनाएको छ ।

अनलाइन संस्करणका अनुसार क्यानडाको टोरन्टो सहरकी महिला चिकित्सक श्रीमानसहित आइतबार लखनउको गोमतीनगरमा आफन्त भेट्न आएकी थिइन् । बुधबार कोरोनाको लक्षण देखिएपछि स्वास्थ्य परीक्षण गराउँदा उनमा भाइरस संक्रमणको पुष्टि भएको हो । श्रीमानको पनि स्वास्थ्य परीक्षण गर्दा उनीमा संक्रमण पुष्टि भएन।

ती महिला संक्रमित मुम्बइ हुँदै लखनउ आएकोले उनले भेटघाट गरेको अन्य व्यक्तिसँग पनि सोधपुछ र आवश्यक परे सम्बन्धित व्यक्तिको पनि स्वास्थ्य परीक्षण गरिने बताइएको छ ।

यससँगै वीरगंजको सीमाना जोडिएको भारतको बिहार प्रदेशमा पनि ५ जना कोरोना भाइरस शंकास्पद बिरामी फेला परेका छन् । उनीहरुलाई अस्पतालमा भर्ना गरिएको हिन्दुस्तानको अनलाइन संस्करणमा उल्लेख छ । अस्पतालमा भर्ना गरिएको मध्ये पटनाका दुईजना, फोरबेसगंज, औरगांबाद, समस्तीपुरका एक÷एक जना रहेका छन् ।

विरंगजको सीमानादेखि यी स्थानहरु २ सय देखि ३ सय किलोमिटरको दूरीमा छन् । खुल्ला सीमाना र विभिन्न नाका रहेपनि रुपन्देहीको एक मात्र नाकामा तेस्रो मुलुककालाई मात्र काम चलाउ स्वास्य परीक्षण गर्दा नेपाल भाइरसको उच्च जोखिममा छ।


२९ फागुन २०७६, बिहीवार ०९:४९ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु