विङगरले मोटरसाईकल लाई ठक्कर दिदा एक जना घाईते

घोडाघोडी : कैलालीमा विङगरले मोटरसाईकल लाई ठक्कर दिदा एक जना घाईते भएका छन । जिल्लाको घोडाघोडी नगरपालिका १ घोडाघोडी ताल नजिकै सु.प.प्र ०१-००१ ल ११९८ नम्बरको विङ्गरले र से १ ७ प ६९४७ नम्बरको मोटरसाईकल लाई ठक्कर दिदा एक मोटरसाईकल चालक सोही ठाँउका ३० बर्षिय बिक्रम शाही घाईते भएको प्रहरीले जनाएको छ ।

पश्चिम बाट पुर्व आईरहेको मोटरसाईकल लाई सोही दिशा बाट आईरहेको विङगरले ठक्कर दिदा दुुर्घटना भएको हो ।

घाईते शाहीको सुखड स्थित घोडाघोडी अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय सुुखडले जनाएको छ । विङगर चालक लम्की १ का ३१ बर्षिय दिपक प्रसाद जैशी लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


२९ फागुन २०७६, बिहीवार ०८:१५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु