धनगढीमा सुबिधा सम्पन्न अपार्टमेण्ट्सको शिलान्यास
धनगढी : प्रतिष्ठित उद्योगपति तथा समाजसेवी श्याम तायलले धनगढीमा तायल अपारमेण्ट्सको निर्माण शुरु गर्नुभएको छ ।
उद्योगपति तायल र उहाँकी धर्मपत्नी रञ्जना तायलले बुधवार बिहान अपारमेण्ट्सको शिलान्यास गर्नुभयो ।
धनगढी उपमहानगरपालिका– १ सेतोपुल मूल सडकबाट दक्षिण करीव सय मिटरको दूरीमा तायल अपमारमेण्टस मार्फत निर्माण हुन लागेका चार तलाका चार वटा भवनमा १६ वटा अपारमेण्ट रहनेछन् । प्रति अपारमेण्टको मूल्य ६५ लाख रुपैया निर्धारण गरिएको तायलले बताउनुभयो ।अपारमेण्टको शिलान्याससंगै बुकिङ समेत शुरु भएको छ । तायलका अनुसार बुधवारसम्म चार वटा अपारमेण्ट बुक भईसकेका छन् ।
एक हजार तीन सय बर्गमिटर क्षेत्रफलको अपारमेण्ट्सभित्र तीन वटा बेड रुम, दुई वटा बाथरुम, किचेन, डाईनिङ हल रहने बताईएको छ । अपारमेण्टसको अगाडि र पछाडि दुबैतिर बाल्कोनीको समेत व्यवस्था हुनेछ ।तीन कठ्ठा क्षेत्रफलमा निर्माण हुन लागेका अपारमेण्ट्स भित्र खेल मैदान, गाडी, पार्किङ, योगा तथा ध्यान बगैचा समेत रहने बताईएको छ ।
अपारमेण्ट्सको निर्माण कार्य ११ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सुदूरपश्चिममा पहिलो पटक अपारमेण्ट्सको निर्माण हुन लागेको हो ।
२९ फागुन २०७६, बिहीवार ०२:१६ बजे प्रकाशित