punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोना भाइरस : युरोपबाट अमेरिका यात्रा रोक्ने ट्रम्पको घोषणा

Chaupati
safha napa

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको फैलावटलाई रोक्न युरोपमा नयाँ यात्रा प्रतिबन्ध लगाउने घोषणा गरेका छन्।

एक टेलिभिजन सम्बोधन मार्फत उनले आगामी ३० दिनसम्म युरोपबाट अमेरिकाका सबै नयाँ यात्रा स्थगित हुने घोषणा गरेका हुन् ।

राष्ट्रपति ट्रम्ले एक महिनाका लागि सबै युरोपेली देशबाट अमेरिका यात्रामा प्रतिबन्ध लगाएका हुन् । कोरोना भाइरसका कारण लगाइएको यो प्रतिबन्धमा बेलायत छैन ।

अत्यावश्यक यात्राका लागि बेलायतमा प्रतिबन्ध लागु नहुने राष्ट्रपति ट्रम्पले बताएका छन् । उनले भने कि ‘कडा तर आवश्यक’ प्रतिबन्धहरू बेलायतमा लागु हुँदैन । बेलायतमा ४ सय ६० जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ ।

यसअघि एक ट्विटमार्फत ट्रम्पले भनेका थिए, ‘ म कोरोना भाइरसको चुनौतीसँग लड्न तयार छु । संघीय सरकारको सबै शक्ति प्रयोग गर्ने तयार छु ।’

अमेरिकामा कोरोना भाइरसका कारण ३८ जनाको मृत्यु भएको छ भने ११३५ जनामा संक्रमण भेटिएको छ ।

‘नयाँ संक्रमण फैलिन नदिन युरोपबाट अमेरिकाको सम्पूर्ण यात्रालाई स्थगित गर्नेछौँ’, ट्रम्पले सम्बोधनमा भनेका छन् । यो घोषणा अमेरिकी समय अनुसार शुक्रबार मध्यरातिबाट लागू हुने छ ।


२९ फागुन २०७६, बिहीवार ०२:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु