punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डडेल्धुराको जोगबुडामा काठ चोरी गर्ने एक जना पक्राउ

Chaupati
safha napa

डडेल्धुरा : डडेल्धुराको जोगबुडामा काठ चोरी गर्ने एक जना पक्राउ परेका छन्। राजेन्द्र निर्माण सेवा कम्पनीका सुपरभाइजर कञ्चनपुरको भीमदत्त नगरपालिका ९ ब्रहमदेव बस्ने चक्र बहादुर साउद पक्राउ परेका हुन्।

परशुराम धाम सव डिभिजन वन कार्यालय जोगबुडाको टोलीले काठ चोरेर लुकाएको अवस्थामा फेला पारे पछि साउदलाई पक्राउ गरि इलाका प्रहरी कार्यालय जोगबुडामा राखेको जनाएको छ। जिल्लाको परशुराम नगरपालिका-१२ मा घाटगद्दीमा राखेको सालको गोलिया चोरी गर्ने साउदलाई सोमबार पक्राउ गरेको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ।

परशुराम नगरपालिका वडा नं १ को सिद्धनाथ सामुदायिक वन अचलसैनले आर्थिक वर्ष २०७४/०७५ मा सामुदायिक वन क्षेत्रबाट संकलन गरी लालढुङ्गा बजार नजिक घाटगद्दी गरेकोमा सो स्थानबाट गोलीया चोरी भएको भनि पुस ६ गते र फागुन २३ गतेको निवेदनको विशेष सूचनाका आधारमा गस्ती गर्ने क्रममा लुकाइ राखेको अवस्थामा काठ बरामद गरिएको हो।

साल जातको गोलिया थान एक १३.३५ क्युफिट जोगबुढा कटालको निमार्णाधीन रंगुन पुलनजिक कामदार बस्नका लागि बनाइएका टहरामा लुकाइ राखेको अवस्थामा बरामद गरेको परशुरामधाम सव डिभिजन वन कार्यालय जोगबुडाका सहायक वन अधिकृत दीपेन्द्र केसीले जानकारी दिए।

राजेन्द्र निर्माण सेवा कम्पनीले निर्माण गर्दै गरेको निमार्णाधीन पुलको सुपरभाइजर पदमा कार्यरत साउदले टहरा निमार्ण गरि काठ लुकाइ राखेका अवस्थामा फेला परे पछि साउदले यसअघि पनि काठ चोरेको हुनसक्ने आशंका गरिएको छ। उक्त घाटगद्दी गरिएको क्षेत्रबाट हालसम्म ९१ क्युफिट काठ चोरी भएको सामुदायिक वनले जनाएको छ।

पक्राउ परेको साउदलाई सामुदायिक वन उपभोक्ता समितिको विधान एवं वन ऐनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइने परशुरामधाम सव डिभिजन वन कार्यालय जोगबुडाका सहायक वन अधिकृत केसीले बताए।


२७ फागुन २०७६, मंगलवार ०७:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु