बैतडीमा चितुवाको आक्रमणबाट एक बालिकाको ज्यान गयो

बैतडी : बैतडीको तल्लो सोराड क्षेत्रमा चितुवाको आक्रमणबाट फेरि एक बालिकाको ज्यान गएको छ ।

मेलौली नगरपालिका वडा नं ९ असुर बस्ने रामबहादुर लुहारकी ८ वर्षीया अपाङ्ग छोरी सीता लुहारको चितुवाको आक्रमणबाट ज्यान गएको हो ।

आज बिहानै करिब ४ बजेतिर ओछ्यानमा सुतेकै अवस्थामा चितुवाले तानेर लगेको र घर नजिकै ५०० मिटर पर बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी डिल्लीनारायाण पण्डेयले जानकारी दिनुभयो ।

घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ ।गत साता मात्रै एक बालकलाई चितुवाले घाइते बनाएको थियो । तल्लो सोराड क्षेत्रमा २०६४ सालदेखि हालसम्म चितुवाको आक्रमणबाट २५ जानाको ज्यान गइसकेको छ ।


२७ फागुन २०७६, मंगलवार ०६:४५ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु