punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

२० वर्षदेखि नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा शिक्षण गर्ने प्रअ विरुद्ध मुद्दा

Chaupati
safha napa

डडेल्धुरा : २० वर्षदेखि नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रका आधारमा शिक्षण गर्ने प्रधानाध्यापक विरुद्ध मुद्दा दायर गरिएको छ ।

अख्तियार दूरुपयोग अनुसन्धान आयोगले डडेल्धुराको भुमिराज प्राथमिक विद्यालय बडमका प्रधानाध्यापक कलापति देवी अवस्थी विरुद्ध मुद्दा दायर गरेको हो ।

प्रअ अवस्थीको शैक्षिक योग्यताका प्रमाण–पत्र नक्कली रहेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा उनले पेश गरेको माध्यामिक शिक्षा परिषद क्षेत्रीय कार्यालय, इलाहाबाद भारतबाट हाइस्कुल परीक्षा उत्तीर्ण गरेको शैक्षिक योग्यताको प्रमाण–पत्र नक्कली झुठ्ठा पाइएको अख्तियारले जनाएको छ ।

नक्कली झुठ्ठा प्रमाण–पत्रकै आधारमा प्रअ अवस्थीले २०५७ मंसिर १ देखि निजी स्रोतमा र २०६१ पुस २४ देखि राहत दरबन्दीमा नियुक्ति भई पढाउँदै आएकी थिइन् ।

नक्कली झुठ्ठा प्रमाणपत्रका आधारमा शिक्षक भई सरकारी सुविधा एवं लाभसमेत लिई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) मा परिभाषित कसुर गरेको स–प्रमाण पुष्टि हुन आएकोले अवस्थीलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी गर्दै अख्तियारले विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।


२७ फागुन २०७६, मंगलवार १०:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु