यूएईमा २ जना नेपालीमा काेराेनाकाे सङ्क्रमण देखियाे

काठमाण्डौ : संयुक्त अरब इमिरेट्स ९यूएई० मा दुई जना नेपालीमा कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमण देखिएको छ । दुई जना नेपालीसहित १४ जना नयाँ सङ्क्रमित थपिएको यूएईको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

दुई जना नेपालीसहित यूएईका चार जना, इटलीका तीन जना, बङ्गलादेशका दुई जना, रुसका एक जना, भारतका एक जना र सिरियाका एक जनामा कोरोनाको सङ्क्रमण देखिएको हो ।

१४ जना नयाँ सङ्क्रमित थपिएसँगै यूएईमा कोरोना सङ्क्रमितको सङ्ख्या ५९ पुगेको स्वास्थ्य विभागले प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ ।

यसअघि सङ्क्रमित भएका र क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको सम्पर्कमा आएका व्यक्तिहरु नयाँ सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ । सङ्क्रमितहरुलाई उच्च निगरानीमा राखिएको ुद नेशनल यूएईु ले जनाएको छ ।


२७ फागुन २०७६, मंगलवार ०१:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु