राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष पहाडीद्धारा होली पर्वको शुभकामना

काठमाडौं : राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष एवम् संविधान सभा सदस्य विनोद पहाडीले रंगहरुको चाड ‘होली पर्व–२०७६’ को अवसरमा समस्त दलित समुदायको पत्रकार एवं सञ्चारकर्मीहरूलाई शुभकामना दिनुभएको छ ।

केन्द्रीय अध्यक्ष पहाडीले होलीजस्ता राष्ट्रिय पर्वले भातृत्व, आवसी सद्भाव तथा धार्मिक सहिष्णुता कायम राख्न अझ बढी प्रेरणा र बल प्रदान गर्ने गरेको समेत बताउनु भएको छ।

होली पर्व–२०७६ को अवसरमा सोमबार शुभकामना सन्देश दिँदै केन्द्रीय अध्यक्ष पहाडीले यस्तो बताउनुभएको हो । शरद ऋतुबाट वसन्त ऋतुको आगमन भएको सुखद् अवसरमा खुशीयाली स्वरुप विशेष उत्साह र उमङ्गका साथ मनाइने होली पर्वले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व बोकेको केन्द्रीय अध्यक्ष पहाडीले जानकारी दिनुभएको छ ।

होलीलाई नेपाल सरकारले राष्ट्रिय पर्व घोषणा गरेको छ । विभिन्न समुदायले मनाउने होली पर्वले छुट्टै मौलिक, परम्परा र साँस्कृतिक महत्व बोकेको छ ।

बहुजातिय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक एवं भौगोलिक विविधता र यही विविधतायुक्त धार्मिक, साँकृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई मजबुत बनाउन योगदान दिएको ‘ केन्द्रीय अध्यक्ष पहाडीले शुभकामना सन्देश दिँदै भन्नुभएको छ,‘होली पर्वले पनि विविध धर्म र सँस्कृति मान्ने समस्त नेपालीमा भातृत्व र अपनत्व आपसी सद्भाव तथा धार्मिक सहिष्णुता कायम राख्न अझ बढी प्रेरणा र बल प्रदान गर्नेछ ।’

फागु, होली, फागु पूर्णे आदि नामले पुकारिन्छ होली पर्वलाई । तेत्रा युगमा भगवान विष्णुका परमभक्त प्रह्लादसँग जोडेर पनि हेरिन्छ होलीलाई । हिरण्यकश्यपका पुत्र प्रह्लादलाई उनको आफ्नै फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा उनी आफै आगोमा भष्म भएको दिनका रुपमा होलि पर्व सुरु भएको इतिहास छ ।

त्यस्तै विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) नेपालमा आउनसक्ने उच्च जोखिम रहेको कारण यस वर्ष होली पर्वका अवसरमा विगतमा झैँ भीडभाड र भेलामा जम्मा हुने, लोला हान्ने, रङ, अबिर दल्ने कार्य जोखिमपूर्ण रहेकाले उक्त कार्य नगर्न र नगराउन संघका केन्द्रीय अध्यक्ष पहाडीले अनुरोध गर्नुभएको छ । भीडभाडमा जाँदा कोरोना भाइरसको संक्रमणको जोखिम बढ्न सक्ने हुनाले सावधानी अपनाउन समेत सर्वसाधारणमा उहाँले अनुरोध गर्नुभएको छ ।


२६ फागुन २०७६, सोमवार १५:१८ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु