सहिद गोविन्द गौतमको तेस्रो स्मृति दिवस
कञ्चनपुर : कञ्चनपुरको पुर्नवासमा सहिद गोविन्द गौतमको तेस्रो स्मृति दिवस मनाईएको छ । पुनर्वास नगरपालिकाको एक कार्यक्रमको आयोजना गरि मनाएको हो ।
तीन बर्ष अघी २०७३ साल फाल्गुन २६ गतेका दिन आफ्नै भूमिमा कल्भर्ट निर्माणको विषयलाई लिएर कञ्चनपुर पुनर्वास नगरपालिका–४ का गोविन्द गौतम भारतीय सुरक्षाकर्मीको गोली लागेर शहादत प्राप्त गरेका हुन ।
सीमा विवादका कारण शहिद गौतमले ज्यान गुमाउनु परेको थियो । विगत लामो समयदेखिको सीमा समस्या समाधान गर्न पटकपटक विभिन्न टोलि गठन भएर आएपनी सीमा टुंगो भने लाग्न सकेको छैन ।
अझै सीमा समस्या समाधान हुन नसक्दा फेरिपनि नेपालीले रगत बगाउनुपर्ने त होइन भन्ने आशंका समेत जन्माएको छ । तेस्रो स्मृति दिवसको अवसरमा बोल्दै प्रदेश सभा सदस्य तथा सदुरपश्चिम प्रदेश नेकपाका सचेतक तारालामा तामाङले सहिद गोविन्द गौतमले देखाएको देशभक्तीको मार्गको लागी सबैले अनुसरण गर्नुपर्ने जिकिर गर्नुभयो ।
पुनर्वास नगरपालिकाका प्रमुख जीवनराज थापाले सहिद गोविन्द गौतमको योगदानको चर्चा गर्नुभयो । उहाँले स्मृति पार्क वरपरको कच्ची बाटो निकट भविष्यमा कालोपत्रे गरीने जानकारी गराउनुहुँदै सहिद गोविन्दका दुई छोरीहरूलाई शिक्षाको लागि तीस हजार रुपैयाँ प्रदान गरीने घोषणा समेत गर्नुभयो ।
कञ्चनपुर जिल्ला समन्वय समिति संयोजक फैरु तामाङ, पुनर्वास नगरपालिकाका नगरप्रमुख जीवनराज थापा, नगर उपप्रमुख शारदा बिष्ट, पुनर्वास ४ का वडाध्यक्ष प्रेम बहादुर बस्नेत, नेकपा कञ्चनपुरका सदस्य कञ्चन गीरी, सहिद गोविन्द गौतमका परीवारका सदस्यहरु र सर्वसाधारणको उपस्थिति थियोे ।
२६ फागुन २०७६, सोमवार ११:५७ बजे प्रकाशित