बोक्सी आरोपमा हँसिया प्रहार, पीडित महिला गम्भिर घाईते

धनगढी : कैलालीमा बोक्सी भएको भन्दै महिलामाथि हँसिया प्रहार भएको छ । जिल्लाको गोदाबरी नगरपालिका वडा नं. ९ धनचौरीका सीता चौधरीले बोक्सी भन्दै आफ्नै छिमेकी ३६ वर्षिया मिना रानालाई आईतबार कुटपित गरेकी छन ।

पीडित राना बैठकबाट घर फर्किने क्रममा पीडक चौधरीले बोक्सी आयो भन्दै बाटोमै लुछातानी गर्दै ढुंगाले हिर्काएको बताईन् । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।


२६ फागुन २०७६, सोमवार ११:०५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु