#belauri nagarpalika
#belauri

बैतडीकी कौशिला बनिन् सुदूरपश्चिमकी पहिलो डोजर चालक

#belauri
#bhimdat

धनगढी  : दिनभरी मेलापातमा ब्यस्त, बस्तुभाउका लागि घास दाउरा, घरको चुलोचौको र परिवारका लागि खानपानको ब्यवस्था। सुदूरपश्चिमका अधिकांश गाउँबस्तीका महिलाको यस्तै दैनिकीमा पृथक परिचय बनेको छ, कौशिला भट्टको।

उनी सुदूरपश्चिमकै पहिलो महिला स्काभेटर चालक बनेकी छिन्। भट्टले गत माघ २४मा यातायात कार्यालय महेन्द्रनगरबाट ‘जे २’ वर्गबाट स्काभेटरको लाइसेन्स पाएकी हुन्। ‘माघ १८ गते लिखित थियो, त्यसमा पास भए, माघ २४ गते ट्रायल दिए, त्यसमा पनि पास भएकी छु’, उनले भनिन्।

भट्ट बैतडीको दोगडाकेदार गाउपालिका–७ चडेपानी (तल्लाकोडा) मा सामान्य परिवारमा परिवारमा जन्मिएकी हुन्। कैलालीको सहजपुरका पुष्पप्रसाद जैशीसँग ०७२मा विवाह गरेकी उनलाई चालक बन्न श्रीमान्ले सहयोग गरे। पुष्पप्रसाद विगत १२ वर्षदेखि विभिन्न निर्माण कम्पनीका स्काभेटर चालक हुन्। ‘ श्रीमतिलाई चुलो चौकोमा मात्रै राख्नुपर्छ भन्ने मान्यता तोड्दै स्काभेटर चलाउन सिकाए, छोटो समयमा उनले सिकिन्, निकै खुशी हुँदै जैशीले भने, ‘अहिले उनी सुदूरपश्चिमकै पहिलो महिला स्काभेटर चालक बनेकी छिन्।’

महिलाले मोटरसाईकल चलाउदा छक्क पर्ने समाज हो सुदूरपश्चिमको। यस्तै अवस्थालाई चिर्दै कौशिला सुदूरपश्चिमकै पहिलो स्काभेटर चालक बन्न सफल भएकी सेती यातायात कार्यालयका निमित्त प्रमुख वीरबहादुर ऐरले बताए। ‘हाम्रो कार्यालयको तथ्यांकमा महिला स्काभेटर चालक छैनन्’, ‘हलुवा सवारीपछि एक महिलाले मात्रै मिनि ट्रकको लाइसेन्स लिएको तथ्यांक छ’, उनले भने। सुदूरपश्चिमका ९ जिल्लाका लागि कैलाली र महेन्द्रनगर यातायात कार्यालयबाट मात्रै सवारी अनुमति पत्र वितरण हुन्छ। महाकाली यातायात कार्यालयका निमित्त प्रमुख कविन्द्र ओझाले अहिलेसम्म कौशिला बाहेक अन्य महिलाले स्टाभेटर चलाउने इजाजत नलिएको पुष्टी गरे।

पुरस्कारपछि प्रेरणा

गत वर्ष मुख्यमन्त्री त्रिलोचन भट्टको गृहजिल्ला डोटीमा सडक खन्नुपर्ने थियो। कौशिलाका श्रीमान् पुष्पको स्काभेटरले मुढगाँउ–खचाडा सडक खन्ने जिम्मा पायो। पुष्पले कौशिलालाई पनि सँगै लगे, श्रीमतिलाई पनि सिकाए। श्रीमान् श्रीमतिले आलोपालो स्काभेटर चलाए। हप्तादिनसम्म कौशिलाले स्टाभेटर चलाएको देखेपछि उपभोक्ता समिति पदाधिकारीले ३२ हजार पुरस्कारसहित सम्मान गरे। ‘स्थानीय महिला भेला भएर मलाई ३२ हजार नगदसहित सम्मान गरेपछि थप हौसला मिल्यो अनि यसपटक लाइसेन्स लिए’, भट्टले भनिन्।अन्नपुर्ण पोष्टबाट यो सामाग्री लिईएको हो ।


२६ फागुन २०७६, सोमवार ०९:५६ बजे प्रकाशित

#belauri nagarpalika
dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

Badekdar
#badhimalika nagarpalika

सम्बन्धित शीर्षकहरु