जागौँ युवा र नगर बाल सञ्जाल धनगढीद्धारा कोरोना सम्बन्धि जनचेतनामुलक कार्यक्रम

धनगढी : चीनको वुहान शहरबाट सुरु भएर विश्वका १ सय ९ देशमा फैलिएको कोभिड–१९ कोरोना भाइरसबाट हालसम्म ३ हजार ८ सय ३१ जनाको मृत्यु भएको छ। भने एक लाख १० हजारभन्दा बढी संक्रमित भएका छन्।

यसैबिच कैलालीमा कोरोना भाईरस न्युनीकरण गर्न जागौँ युवा संस्था र नगर बाल सञ्जाल धनगढीले संयुक्त रुपमा जनचेतनामुलक कार्यक्रम गरेका छन । कारोना भाईरसबाट बच्न उक्त संस्थाहरुले धनगढी उपमहानगरपालिका भित्र रहेका विभिन्न ठाउँमा जनचेतनामुलक पर्चा पप्पलेटहरु टाँसेको छ ।

उक्त भाईरसबाट केही मात्रामा भएपनि बच्नका लागि नगर भित्रका बिभिन्न ठाउँहरुमा पर्चाहरु टाँसेको जागौँ युवा संस्थाका अध्यक्ष गणेश प्रसाद विनाडीले बताए ।

चीनको हुवेइ प्रान्तको वुहान शहरबाट फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि फैलिन्छ भन्ने कुरालाई ध्यानमा राखेर जनचेतनाका कार्यक्रम गर्न लागेकोे उनले बताए ।


२६ फागुन २०७६, सोमवार ०९:५६ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु