कोरोना सङ्क्रमण भित्रिन नदिन सुदूरपश्चिममा उच्च सतर्कता

धनगढी : सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सुदूरपश्चिम प्रदेश सरकारले सुरक्षा सतर्कता बढाएको छ ।

प्रदेश सरकारले भारत सँग सीमा जोडिएका क्षेत्रमा हेल्थ डेस्क स्थापना गरी स्वास्थ्य टोली खटाएको छ भने जनचेतना मूलक कार्यक्रमहरू गरिरहेको छ ।

आइतबार मुख्य मन्त्री त्रिलोचन भट्टले विभिन्न सरोकारवालाहरू सँग कोरोनाको सङ्क्रमण र सुदूरपश्चिममा देखिन सक्ने जोखिमलाई मध्यनजर गर्दै रोकथाम,पहिचान उपचार र व्यवस्थापन गर्ने छलफल गर्नुभएको छ ।

छलफलबाट कोरोनाको रोकथामका लागी जनचेतना बढाउने,सिमानाकामा कडाइ गर्ने,हेल्थ डेस्कको सङ्ख्या बढाउने र उपचारको व्यवस्था मिलाई राख्ने लगायतका ११ निर्णय भएको सामाजिक विकास मन्त्रालयका निमित्त सचिव झंकर बहादुर विष्टले बताउनुभयो ।

मुख्यमन्त्री भट्टको अध्यक्षतामा भएको छलफल कार्यक्रममा सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाह,सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी,सचिव,महाशाखा प्रमुख,स्वास्थ्य निर्देशक,जिल्ल प्रशासन,सुरक्षा कर्मी लगायत विभिन्न सरोकारवालाहरूको सहभागिता रहेको थियो ।


२६ फागुन २०७६, सोमवार ०२:२० बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु