कञ्चनपुरमा अवैध ब्रोइलर कुखुरासहित ३ मोटरसाइकल बरामद

कञ्चनपुर : कञ्चनपुरमा सशस्त्र प्रहरी बल ३५ नम्बर हेवा शैलेश्वरी गणले भारतवाट अवैध रुपमा नेपाल ल्याउदै गरेको ठूलो परिमाणको ब्रोइलर कुखुरा बरामदगरि नष्ट गरेको छ। सशस्त्र प्रहरीले १ लाख ८० हजार मुल्य बराबरको ७ं.५० क्विन्टल ३ सय गोटा बोईलर कुखुरासहित तिन वटा मोटरसाइकल बरामद गरेको हो।

आइतबार बिहान करिव ६ बजेको समयमा सशस्त्र प्रहरी बल ३५ नम्बर हेवा शैलेश्वरी गणबाट सशस्त्र प्रहरी सहायक निरिक्ष टेकराज पन्तको कमाण्डमा खटिगएको टोलीले  शुक्लाफाँटा नगरपालिका १२ कालागौडीमा चेकजाँच गर्ने क्रममा ब्रोइलर कुखुरासहित मोटरसाइकल बरामद गरेको जनाइएको छ।

प्रहरीलेसप्रप–०१–००८प ३१४९ नम्बर प्लेटको कालो रङ्गको सुपर स्पेलेन्डर, म२प ८०१० नम्बर प्लेटको निलो रङ्गको डिस्कभर र म१प ५७१५ नम्बर प्लेटको सिविजेड मोटरसाइकल नियन्त्रणमा लिएको छ।

अवैध रुपमा कुखुरा ल्याउँदै गर्दा सशस्त्र प्रहरीको टोली देखेपछि तस्कर मोटरसाइकल छाडेर भागेका बताइएको छ। बरामद गरिएको कुखुरा सशस्त्र प्रहरी बल ३५ नम्बर हेवा शैलेश्वरी गण परिसरभित्र खाल्डो खनि नष्ट गरिएको छ। बरामद गरिएका तिनवटै मोटरसाइकल भन्सार चलान गरिएका छन्।


२६ फागुन २०७६, सोमवार ०२:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु