punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

उद्योगमन्त्री भट्टद्वारा खाद्य स्टोर र औषधि पसलमा अनुगमन

Chaupati
safha napa

काठमाडौं : कोरोना भाइरसको बहानामा बजारमा कालोबजारी बढेको जनगुनासो बढेसँगै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आइतबार बजार अनुगमन गरेका छन् ।

वाणिज्य सचिव डा.बैकुण्ठ अर्यालसहित मन्त्री भट्टको टोलीले आइतबार काठमाडौंका दुई दर्जन बढी किराना तथा खाद्य स्टोर तथा औषधि पसलमा अनुगमन गरेका हुन् ।

मन्त्री भट्ट नेतृत्वको टोलीले जाउलाखेल, कलंकी, नक्साल, सातदोबाटो, टुकु, लाजिम्पाट लगायतका स्थानको स्थलगत अवलोकन गरेर उपभोक्ता तथा विक्रेताको समस्या लगायतका विषयमा जानकारी लिएको मन्त्री भट्टको सचिवालय प्रमुख हितेश ओझाले जानकारी दिए ।

बजार निरीक्षण क्रममा विक्रेताहरुलाई मन्त्री भट्टले खाद्यन्न तथा औषधी र इन्धनको अभावबारे परेको समस्या आफूलाई भन्न आग्रह गरेका थिए ।

निरीक्षणका क्रममा भेटिएका उपभोक्तालाई मन्त्री भट्टले इन्धन औषधि, चिनी, नुन, चामल, दाल लगायतका कुनै पनि वस्तुको अभाव हुन नदिने आश्वासन दिएका थिए ।


२६ फागुन २०७६, सोमवार ०२:०० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु