punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार

Chaupati
safha napa

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको चिकित्सकहरुले बताएका छन्।

दोस्रो पटक मृगौला प्रत्यारोपण गरेको पाँचौ दिन ओलीको भाइटल र ल्याब सूचकहरुपनि सामान्य रहेको चिकित्सकहरुले बताएका छन्।

त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्काका अनुसार प्रधानमन्त्री ओलीलाई नियमित सन्तुलित आहार दिनुका साथै हिँडडुल पनि गराउन थालिएको छ।

प्रधानमन्त्रीलाई मृगौला दिने समीक्षा संग्रौलाको स्वास्थ्य पनि राम्रो रहको छ। संग्रौलाको पनि भाइटल र ल्याब सूचकहरु सामान्य रहेको डा. खड्काले बताए।

आइतबार अस्पताल पुगेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा व्यापक सुधार भइरहेको बताए।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्थ थापाले इजरायल, फ्रान्स र यूरोपेली युनियनका राजदूतहरुले प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गरेको बताए।


२५ फागुन २०७६, आइतवार १२:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु