दुई राप्रपाबीच फेरि एकता

काठमाडौं : कमल थापा नेतृत्वमा रहेको राप्रपा र पशुपती शमशेर राणा र प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेको राप्रपा (संयुक्त) बीच फेरि एकता हुने भएको छ ।

पार्टी एकताको औपचारिक घोषणा फागुन २८ गते हुने जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।एकता सम्बन्धि आधारपत्र र कार्यविधि निर्धारण गर्न राप्रपाबाट दीपक बोहोरा, बुद्धिमान तामाङ र भाष्कर भद्रा तथा राप्रपा संयुक्तबाट बिक्रम पाण्डे, ठाकुर शर्मा र श्याम तिमिल्सना रहेको कार्यदल पनि गठन गरिएको छ ।

एकतापछिको वैचारिक दर्शन महाधिवेशनले टुंगो लगाउने भएको छ ।राजसंस्थासहितको प्रजातन्त्र रहनुपर्ने दुई पार्टीको एकिकरण सम्बन्धि आधारपत्रमा उल्लेख छ ।

पार्टीमा तीनजना अध्यक्ष रहनेछन् । राप्रपाका अध्यक्ष कमल थापा, राप्रपा संयुक्तका अध्यक्षद्वय पशुपति शमशेर जवरा र डा. प्रकाशचन्द्र लोहनी अर्को महाधिवेशन नहुन्जेलसम्मका लागि अध्यक्ष रहने भएका छन् ।


२५ फागुन २०७६, आइतवार ०२:०९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु