धनगढी उपमहानगरपालिकाद्धारा विद्यालय बन्द नगर्न आग्रह

धनगढी : धनगढी उपमहानगरपालिकाले गरेको निर्णय एक दिन मै उल्टिएको छ । नगरपालिकाका मेयर नृप बहादुर वडले शुक्रवार एक विज्ञप्ति जारी गरी धनगढीमा आइतबार देखी विद्यालय बिदा दिन निर्देशन दिएका थिए । नोवेल कोरोना भाइरसको त्रास बढेको भन्दै सुरक्षित रहन उनले बिदा दिएको बिज्ञप्तिमा जनाएका थिए ।

तर, उक्त निर्णय शनिवार नै फेरिएको छ । शनिवार एक विज्ञप्ति जारी गर्दै उपमहानगरपालिकाले नगरपालिकाले विद्यालय बन्द नगर्न आग्रह गरेको छ । नगरपालिकाले सबै बिद्यालयहरुलाइ समयमा नै परीक्षा सुरु गर्न समेत निर्देशन दिएको छ । उपमहानगरपालिकामा शनिवार बसेको सारोकारवालहरुको बैठकले सङ्घीय सरकारको परिपत्र अनुसार फागुन २८ देखि परीक्षा सुरु गर्ने निर्णय गरेको हो । सङ्घीय सरकारले यस अघि नै चैत ५गते भित्र परीक्षा सम्पन्न गर्न निर्देशन दिएको थियो ।

धनगढी उपमहानगरपालिका शिक्षा महाशाखाका अधिकृत महादेश जोशीले सङ्घीय सरकारको परिपत्र अनुसार नै परीक्षा हुने बताए । धनगढी उपमहानगरपालिका भित्र १०७ निजी र ७३ सामुदायिक विद्यालय रहेका छन् । कक्षा १–९ सम्मको वार्षिक परीक्षा सङ्घीय सरकारले तोकेको मितिमा हुने भएको छ उनले भने, अब त्यही अनुसार शिक्षक, बिद्यार्थि र अभिभावकहरुलाई जानकारी गराइएको छ ।


२४ फागुन २०७६, शनिवार १०:०७ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु