बैतडीमा २ जना मृत फेला
बैतडी : बैतडीको छुट्टा छुटै स्थानमा २ जना मृत फेला परेका छन । शनिबार बिहान मेलौली नगरपालिका ६ हतरंगाका शुक्रराज भट्ट शिवनाथ गाउँपालिका ३ साउगाडामा मृत फेला परेका हुन । भट्ट मेलौली नगरपालिकामा कार्यालय सहयोगी रुपमा कार्यरत रहेका थिए ।
त्यस्तै बैतडीकै डिलाशैनी गाउँपालिका ३ बगडीमा सडक छेउमा एक जना मृत फेला परेका छन । दार्चुलाको शैल्यशिखर नगरपालिका २ घर भएका मीनबहादुर पाल पनि शुक्रबार बिहान मृत फेला परेका हुन ।
मृतक दुवैको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बैतडी लगिदै गरेको बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए ।
२४ फागुन २०७६, शनिवार ०९:०९ बजे प्रकाशित