बाजुरामा डेढ करोडको योजनामा गाउँपालिका अध्यक्ष मल्लको घुस काण्ड (अडियो सहित)

बाजुरा : बाजुराको अति दुर्गम क्षेत्रमा रहेकाे हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्र बहादुर मल्लले निर्माण ब्यवसायी संघ बाजुराका अध्यक्ष विनोद शाहीसंग ठेक्का मिलाउनको लागि पैंसाको बार्गेनिङ्ग गरेका छन् ।

हिमाली गाउँपालिका वडा नं ४ फैतिमा रहेको शैलेश्वरी प्राविधिक विध्यालयको भवन निमार्ण कार्यको लागि भ्याट बाहेक १ करोड ६९ लाख १० हजार ७ सय ५७ रुपैयाँको ठेक्का खोली आफ्ना छोरालाई मिलाई दिन पैंसाको बार्गेनिङ्ग गरेको र अन्तमा पैसा बाँडेर आफ्नै पोल्ठमा पारेका छन ।

माघ २१ गते गाउँपालीकाले ३० दिने सूचना प्रकाशित गरेको थियो । गाउँपालिकामा ६९ वटा निमार्ण ब्यवसायीहरुले बोलपत्र फर्म खरिद गरे पनि गाउँपालीकाका अध्यक्ष मल्लले निर्माण ब्यबसायीलाई पैसा बाँडेपछि आफ्नो ठेक्का पर्ने उद्देश्यले चार ओटा फर्म मात्र मिलोमतोमा दर्ता गराएका छन ।

गाउँपालिकाका अध्यक्षले विगतका दिनमा आफु निकट कार्यकर्तालाई ठेक्काको जिम्मा दिनेगरेको थिए ।उनले यो पटक मेरा छोराले ठेक्का लिने चासो देखाएकोले निमार्ण ब्यबसायिसंग यसरी बसेको हुँ समेत भनेका छन ।

निमार्ण ब्यबसायिलाई आफ्नो कार्याकक्षमै बोलाई पैंसाको बार्गेनिङ्ग गरी पैसा बाँडेका छन् । निर्माण ब्यसायी संघ बाजुराका अध्यक्ष विनोद शाहीले कति प्रतिशत पैंसा बाढ्नु हुन्छ भन्दा गाउँपालिकाका अध्यक्ष मल्लले पुरै बजेटको ५ प्रतिशत वा ७ प्रतिश बाँढ्न सकिने समेत भनेका छन् ।

निमार्ण ब्यबसायी संघका अध्यक्ष शाहीले त्यो त कम भयो भन्दा १ करोड को ७ प्रतिशद रुपैयाँ लौजानुस समेत भनेका छन् । ब्यबसायिहरुले १३ लाख दिनु पर्ने अडान राखेपछि अन्तमा गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्ल ९ लाख दिएर कार्यकक्षबाट बाहिरीएको अडियोमा खुलेको छ ।

सरकारले ठेक्का प्रक्रियाबाट घटाघट गरि योजना निर्माण गर्ने गरे पनी स्थानिय तहका जनप्रतिनिहरुले यसरी लुट मचाईरहदा सरोकारवाला निकाय भने मौन रहेको स्थानियको गुनासो छ ।

ठेक्का प्रक्रिया गर्दा प्रतिश्पर्धाका आधारमा गर्नुपर्ने र सवै भन्दा बढी घटेको ब्यवसायीले काम गर्न पाउने ब्यवस्था भए पनि हिमाली गाउपालिकाको सो विद्यालयको भवन वनाउनकालागि ब्यवसायीहरुका विचमा मिलेमतो गरी पैसा बाडेर ठेक्का आफ्नो छोरालाई प्रदान गरेको देखिन्छ ।

ठेक्का प्रक्रियालाई ब्यवस्थित बनाउन जिल्ला निमार्ण ब्यवसायी संघले समन्वयात्मक भुमिका खेल्नु पर्ने भए पनि उल्टै बार्गेनिङ गर्ने र पैसा बाडफाँड गर्ने गरेको अडियोमा खुलेको छ ।


२३ फागुन २०७६, शुक्रवार ११:२० बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु