कैलालीमा लागु औषध सहित एक जना पक्राउ

धनगढी : कैलालीमा लागु औषध सहित एक जना पक्राउ परेका छन् ।बिहीबार धनगढी उपमहानगरपालिका वडा नम्बर १ वनदेव मन्दिर नजिक कृषि हाटबजार भित्र लागु औषध ब्राउन सुगरको कारोबार भई रहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढीले सोही ठाउँ बस्ने २६ वर्षका निमेश थापालाई पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी निरीक्षक हेम राज भट्ट को टोलीले थापालाई १ ग्राम १२० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए। पक्राउ परेका थापाको थप अनुसन्धान भई रहेको छ ।


२३ फागुन २०७६, शुक्रवार ११:१५ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु