एसइई निर्धारित तालिकामै हुने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चैत ६ मा तोकिएको एसइई निर्धारित समयमै हुने भन्दै हल्लको पछाडि नलाग्न विद्यार्थी र अभिभावकलाई आग्रह गरेको छ ।

कोरोना भाइरसको संक्रमणबारे सचेतना अपनाइएको र सरकार सर्तक पनि रहेकाले परीक्षा हुनेमा ढुक्क हुन मन्त्रालयले आग्रह गरेको हो ।

कोरोना भाइरसले विश्वव्यापी आतंक मच्चाएको साँचो हो तर नेपालमा आजसम्म उल्लेख्य घटना भएको छैनु, शुक्रवार मन्त्री गिरिराजमणि पोखरेलले भने,सरकारले सम्भावित परिस्थितीलाई गम्भीर ढंगले विश्लेषण गरेको छ । मन्त्रालयले चालू शैक्षिक सत्रको परीक्षा लिन निर्देशन दिएअनुसार कक्षा १–९ को परीक्षा हुनेछ । एसइई पूर्वनिर्धारित तालिकामै सञ्चालन हुनेछ ।


२४ फागुन २०७६, शनिवार ०१:२८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु