मेराे स्वास्थ्यमा तीव्र सुधार भैरहेको छ, छिट्टै काममा फर्कन्छु : प्रम ओली

काठमाण्डाै : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य तीव्र गतिमा सुधार भैरहेकोले छिट्टै काममा फर्कने बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले छिट्टै आफू काममा फर्किएर पहिलेकै अवस्थामा काम सुरु गर्ने बताउनुभएको उहाँका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिनुभयो ।
रिमालले सामाजिक सञ्जाल फेसबुकमार्फत मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीसँग पहिलो पटक भेट भएको र स्वास्थ्य अवस्थाबारे आफूले जानकारी लिएको बताउनु भएको हो ।
गएकाे बुधबार प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएको थियो । एक हप्ताभित्र डिस्चार्ज गर्नेगरी प्रधानमन्त्री ओलीको उपचार भैरहेको डाक्टरले बताएका छन् ।
२३ फागुन २०७६, शुक्रवार ०९:३१ बजे प्रकाशित