कोरोना भाईरसको त्रासका कारण सुदूरपश्चिम राजधानी कप स्थगित
धनगढी :कैलालीको अत्तरियामा विहीवारदेखि हुने भनिएको दोश्रो संस्करणको सुदूरपश्चिम राजधानी कप फुटबल प्रतियोगिता स्थगित भएको छ ।
कोरोना भाईरसको त्रासका कारण सवै तयारी पुरा भएर खेल तालिका समेत जारी भएपछि आयोजना हुने दिनमै प्रतियोगिता स्थगित गरिएको हो । पिएफए स्पोर्टस क्लव अत्तरियाको आयोजनामा विहीवार फागुन २२ गतेदेखि २८ गतेसम्म हुने राजधानी कप फुटबल प्रतियोगिताको तयारी पुरा भएपनि गोदावरी नगरपालिकाले सार्वजनिक कार्यक्रम नगर्न अपिल जारी गरेपछि प्रतियोगिता रोकिएको हो ।
विहीवारदेखि फागुन २८ गतेसम्म कैलालीको गोदावरी नगरपालिकामा दोश्रो संस्करणको सुदूरपश्चिम राजधानी कप फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा गरिसकेको अवस्थामा गोदावरी नगरपालिकाले सार्वजनिक सुचना जारी गर्दै गोदावरी नगरपालिका क्षेत्रभित्र कुनै पनि सभा, सम्मेलन, महोत्सव, उत्सव आयोजना नगर्नका लागि अपिल गरेकोले केही समयका लागि प्रतियोगिता स्थगित गरिएको प्रतियोगिताका संइोजक सन्तोष भट्टले जानकारी दिनुभयो ।
विश्वभर फैलिरहेको कोरोना भाईरसको संवेदनशिलताका कारण गोदावरी नगरपालिका क्षेत्रमा कुनै पनि कार्यक्रम नगर्नका लागि अपिल गरिएका कारण सोही सुचनाका आधारमा प्रतियोगिता अचानक स्थगित गर्न बाध्य भएको संयोजक भट्टले बताउनुभयो ।मालिका खेल मैदान तेघरीमा सञ्चालन हुने प्रतियोगितामा कैलाली वाकेँ र दाङका ११ टीमले सहभागीता जनाउने भनिएको थियो ।
२३ फागुन २०७६, शुक्रवार ०१:२३ बजे प्रकाशित