प्रदेश १ सिमा नाका बन्द गर्ने तयारीमा

विराटनगर : प्रदेश १ को प्रदेश सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कोरोना संक्रमणको जोखिम प्रतिको सतर्कताका लागि भईरहेको प्रयासबारे सरकारको जवाफ मागेको छ ।

बिहीबारको प्रदेश सभा बैठकको विशेष समय लिएर बोल्दै कांग्रेस सांसदहरुले कोरोना संक्रमण प्रतिको सतर्कताबारे जवाफ मागेका हुन् ।

सांसदहरुले भारतमा कोरानाको संक्रमण देखिए नेपालसंगको सीमा बन्द गरिने भएकाले अति आवश्यकीय वस्तुको अभाव हुन नदिन सरकारले कस्तो तयारी गरिरहेको छ भन्दै प्रश्न गरेका थिए ।

जवाफमा सामाजिक विकासमन्त्री जीवन घिमिरेले नेपाल कोरोना संक्रमणको उच्च जोखिममा रहेको भन्दै प्रदेशमा पनि उच्च सतर्कता र सावधानी अवलम्बन गरेको बताए ।


२२ फागुन २०७६, बिहीवार १२:२८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु