punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दुईदिने तराई बन्द खुल्यो

Chaupati
safha napa

धनगढी : थरुहट थारुवान राष्ट्रिय मोर्चाले गरेको दुईदिने बन्द खुलेको छ। सरकारसँग १४ बुँदे माग राख्दै सरकारलाई दबाब दिन हिजो र आज कैलाली, कञ्चनपुर सहित तराईका जिल्लामा आमहड्तालको घोषणा गरेको मोर्चाले बुधबार ५ बजेदेखि बन्द खुलेको जनाएको छ ।

मोर्चाले विज्ञप्ती जारी गर्दै आमहड्तालको कार्यक्रममा सघाउने सबैलाई धन्यवाद दिदै बन्द खुलेको जानकारी दिएको छ । बन्दका कारण कैलाली, कञ्चनपुर सहित तराईका जिल्लाको जनजिवन प्रभावित भएको थियो।

बन्द खुलेपछि बजार क्षेत्रमा चहलपहल बढेको छ ।रेशम चौधरीसहित ११ जना जेलबन्दीको रिहाइ गर्नुपर्ने लगायतका माग राख्दै मोर्चा फागुन १ देखि आन्दोलनमा छ ।

आन्दोलनमा आदिवासी जनजाति महासंघ, मिसन अम्बेडकर नेपाल, खसान संघर्ष समिति, खम्बुवान राष्ट्रिय मोर्चा, संघीय लोकतान्त्रिक मञ्च, नेपाल राष्ट्रिय पार्टी, संयुक्त खस क्षेत्री नेपाललगायत संघ संस्थाले ऐक्यबद्धता जनाएका छन्।


२१ फागुन २०७६, बुधवार ११:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु