प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपणको तयारी पूरा

काठमाण्डाै : प्रधानमन्त्री केपी शर्मा आलीको मृगौला प्रत्यारोपणको तयारी पूरा भएको छ ।त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर प्रेमकृष्ण खड्काले प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपणको तयारी पूरा भएको जानकारी दिनुभयो ।

निर्देशक खड्काले विज्ञप्ति निकालेर मिर्गौला प्रत्यारोपणका लागि आवश्यक औषधिहरु दिने र विषयगत विशेषज्ञबाट स्वास्थ्य परीक्षण काम गरिएको जानकारी दिनुभएको हो ।

उहाँले अहिले प्रधानमन्त्रीको स्वास्थ्य स्थिति राम्रो अवस्थामा रहेको पनि जानकारी गराउनुभएको छ । मिर्गौला प्रत्यारोपणका लागि डाक्टर प्रेमराज ज्ञवालीको नेतृत्वमा १५ देखि २० जनासम्म रहने गरी डाक्टरहरुको टोली तयार भएको छ ।

प्रधानमन्त्री ओलीको १३ वर्ष अघि भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्ने डाक्टरलाई पनि बोलाइएको छ । तर उनीहरुले सहयोग मात्रै गर्ने र प्रत्यारोपणको काम नेपाली डाक्टरहरुले नै गर्ने अस्पातलले जनाएको छ ।

उहाँलाई भान्जी नाता पार्ने समीक्षा संग्रौलाले मिर्गौला दिन लाग्नुभएको हो । बिहान ९ बजे आसपासमा सुरु गरिने मिर्गौला प्रत्यारोपण गर्न झण्डै चार घण्टा लाग्ने अस्पतालले जनाएको छ । यसैबीच पछिल्लो समय नेपालमा मिर्गौला प्रत्यारोपण ९८ प्रतिशत सफल भएको पाइएको छ ।


२१ फागुन २०७६, बुधवार ०१:४५ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु