कोरोना प्रभावित देशबाट आउनेलाई चीनमा १४ दिन क्वारेन्टाइनमा राख्न सुरु

काठमाण्डाै : दक्षिण कोरिया, जापान, इरान र इटलीबाट चीन पुग्ने सबै मानिसलाई अनिवार्य क्वारेन्टाइनमा राख्न थालेको बीबीसीले जनाएको छ । चीन सरकारले आफू र आफ्नो परिवारको बारेमा सचेत रहन सबैलाई आग्रह गर्दै यस्तो अवस्थामा अनिवार्य बाहेकको समयमा यात्रा नगर्न पनि आग्रह गरेको छ ।

चीनमा संक्रमितको संख्या थपिने तथा ज्यान गुमाउनेको संख्या घटिरहेको छ । गएको २४ घण्टामा चीनमा १२५ जना नयाँ संक्रमित भेटिएका छन् भने ३१ जनाको ज्यान गएको छ । तर चीन बाहिर संक्रमण फैलने क्रम तीव्र बनेको छ । चीन बाहिर मात्रै १२ हजार भन्दा धेरैमा कोरोना भाइरसको संक्रमण भएको छ ।

दक्षिण कोरिया, इटाली, इरान, जापान, अमेरिका, स्विजरल्याण्ड लगायतका देशमा कोरोना फैलने क्रम तीव्र बनेको छ । ८० देशमा फैलिसकेको कोरोनाबाट अहिलेसम्म ३१ सय ६० भन्दा धेरैको ज्यान गैसकेको छ भने झण्डै ९३ हजारमा संक्रमण भएको छ । ४८ हजार भन्दा धेरै मानिस उपचारपछि निको भएर घर फर्किएका छन् ।


२१ फागुन २०७६, बुधवार ०१:५५ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु