बैतडीको तल्लोसोराडमा विद्युत विस्तार

बैतडी : बैतडी जिल्लाको दुर्गम क्षेत्रको रुपमा रहेको तल्लोसोराड क्षेत्रमा विद्युतको राष्ट्रिय प्रशारण लाइन जोडिने भएको छ ।

जिल्लाका मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा विद्युतको राष्ट्रिय प्रशारण लाइन र्पुयाउने काम सुरु भएको नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय अत्तरीयाले जनाएको छ ।

तल्लोसोराडमा विद्युत र्पुयाउन पाटन र मेलौली सवस्टेशन निर्माणका लागि ठेक्का सम्झौता भएर काम अघि बढिसकेको नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय अत्तरीयाका प्रमुख सतीशकुमार कर्णले बताए ।

दुवै ठाउँमा सवस्टेशन निर्माणका लागि आर.के.इन्टरनेश्नल प्रालिसँग ठेक्का सम्झौता भएको छ । ‘मेलौलीमा सवस्टेशन निर्माणका लागि १२ करोड र पाटनमा सवस्टेशन निर्माणका लागि साढे ११ करोडमा ठेक्का सम्झौता भएको छ । तल्लोसोराड क्षेत्रमा विद्युतको राष्ट्रिय प्रशारण लाइन पुग्ने भएपछि स्थानीयवासी खुसी भएका छन् ।


२१ माघ २०७६, मंगलवार ०७:१४ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु