अछाममा वडाध्यक्षको हत्या पछि धनगढीबाट कुकुरसहितको टोली घटना स्थल तर्फ 

अछाम : मङ्गलवार बिहान मृत फेला परेका अछामको पञ्च देवल विनायक नगरपालिका–२ का वडा अध्यक्ष पदमबहादुर धामीको घटना अनुसन्धान गर्न सङ्घीय प्रहरी इकाई कार्यालयका धनगढीबाट तालीमप्राप्त कुकुरसहितको टोली घटना स्थल पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी उपरीक्षक दीपक भारतीले तालीमप्राप्त कुकुरसहितको टोली पुगेपछि थप अनुसन्धान हुने बताए । वडा अध्यक्ष धामीको शव मङ्गलवार बिहान विनायक बजारबाट ३० मिनेटको दुरीमा रहेको गैरी गाउँको गोठमा भेटिएको थियो। उनको अनुहारमा चोटहरू रहेको प्रहरीले जनाएको छ ।

घटनाका बारेमा प्रहरीलाई आज बिहान साढे ६ बजे जानकारी प्राप्त भएको थियो । सङ्घीय प्रहरी इकाई कार्यालयका धनगढीका प्रमुख तथा सुदूरपश्चिम प्रदेशका निमित्त प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक देवबहादुर बोगटीले घटनाको अनुसन्धानका लागि तालिमप्राप्त कुकुर सहितको टोली पठाइएको  बताए।


२१ माघ २०७६, मंगलवार ०७:५६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु