पुनर्वास उद्योग वाणिज्य संघको अध्यक्षमा पुन : तामाङ

पुनर्वास :कञ्चनपुरको पुनर्वास नगरपालिकामा निजि व्यसायीहरुको छाता संगठन पुनर्वास उद्योग वाणिज्य संघको तेश्रो वार्षिक साधारणसभा बाट नयाँ कार्य समिति चयन भएको छ।

तेश्रो वार्षिक साधारण सभाबाट सर्वपक्ष सहमति जुटाउन निर्वाचन आयोगलाई सकस परे पछि अन्तत सर्वसम्मत रुपमा पुनः कृष्ण बहादुर तामाङ अध्यक्षमा निर्वा्चित भएका छन् ।

बुधबार सम्पन्न संघको साधारण सभाबाट तत्कालै नयाँ कार्यसमिति चयन हुन नसक्दा विशेष छलफल र सहमतिका आधारमा सोमबार कृष्ण बहादुर तामाङको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरिएको निर्वाचन अधिकारी प्रमुख कर्ण बहादुर बुढाले जानकारी दिए ।

संघको नव गठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा राजन श्रेष्ठ ,उद्योग उपाध्यक्षमा सुर्य मोहन बिश्वकर्मा ,वाणिज्य उपाध्यक्षमा खेमराज लामिछाने ,महासचिवमा लक्ष्मण थापा ,सचिवमा मित्र लामा ,कोषाध्यक्षमा रमेशकुमार बिश्वकर्मा चयन भएका थिए भने सदस्यहरुमा लक्ष्मी लम्साल ,खडक बिक्रम थापा,मोलाम तामाङ र देवि भट्ट चयन भएका हुन । नव गठित कार्यसमितिका पदाधिकारीहरुलाई सोमबार नै पद तथा गोपनियताको सपथ ग्रहण गराएको प्रमुख निर्वाचन अधिकारी बुढाले बताए ।


२१ माघ २०७६, मंगलवार ०३:४२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु