बाजुराको हिमाली क्षेत्रमा पूरै गाउँ रुघाखोकी र भाइरलबाट प्रभावित

बाजुरा : हिमाली गाउँपालिका ६ मा रहेको बोल्डिक गाउँ पूरै रुघाखोकी र भाइरलले प्रभावित भएको छ । एक सातादेखि फैलिएको रुघाखोकीले गाउँनै प्रभावित भएको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले बताए।

९० परिवार बसोवास रहेको उक्त गाउँमा रूघाखोकी ज्वरोले स्थानीय बिरामी परेका छन् । गाउँमै रहेको एन्जल इङ्लिस बोर्डिङ स्कुलमा अध्यनरत बालबालिका सबै बिरामी परेपछि ५ दिनका लागि विद्यालय समेत बन्द गरेको गाउँपालिकाले जनाएको छ ।

तीन दिनदेखि गाउँमा २ जना स्वास्थ्यकर्मीले उपचार गरिरहेका छन्। बिरामीको संख्या बढेपछि थप २ जना स्वास्थ्यकर्मी भाइरल प्रभावित क्षेत्रमा पठाएको हिमाली गाउँपालिकाका स्वास्थ्य संयोजक राज भण्डारीले बताए छन्।

एन्जल इङ्गलिस बोडिङ्ग स्कुलमा अध्यनरत बालबालिका भाइरल रुघाखोकीले बिरामी भएपछि बिहीबारदेखि विद्यालय बन्द गरेको हो । खोकी लाग्ने, ज्वरो आउनेजस्ता लक्षण देखा परेको स्वास्थ्यकर्मीले बताएका छन् । चिसोको कारण भाइरल रुघाखोकी देखा परेको स्वास्थ्य संयोजक भण्डारीले बताए।

स्वास्थ्यकर्मीसँगै थप औषधिको व्यवस्थापन भइरहेको छ अन्य ठाउँमा फैलिन नदिन गाउँपालिकाले उच्च सर्तकता अपनाएको छ।परिवारका सबै सदस्य बिरामी परेपछि उपचारमा समस्या भएको स्थानीयले बताए। स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बिरामी परेको खबर आएपछि प्रभावित क्षेत्रमा उपचारका लागि स्थानीय तहसँग समन्वय भइरहेको बताए।

चिसोका कारणले जिल्लाका अन्य ठाउँमा भाइरलका बिरामी बढिरहेका छन्।अन्य स्थानीय ठाउँमा पनि फाट्फुट भाइरल रुघाखोकीका बिरामी भेटिएको स्वास्थ्यकर्मीले बताएका छन् ।प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपाने प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीले उपचार गरिरहेको जानकारी दिए।नेपालगञ्जबाट औषधि ल्याएर प्रभावित क्षेत्रमा पठाइसकेको प्रजिअ न्यौपानेले बताए।अन्नपूर्ण पोष्टबाट


२० माघ २०७६, सोमवार ०९:४० बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु