लोकगायक बद्री पंगेनीलाई पितृशोक
काठमाडौं :लोकगायक एवं राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष बद्री पंगेनीलाई पितृशोक परेको छ।पंगेनीका पीता बोजराज पंगेनीको ७० बर्षको उमेरमा आज निधन भएको हो ।
उनी लामो समयदेखि दम रोगबाट पीडित थिए । उपचारका लागि केहि दिन अघि पाल्पाबाट काठमाडौं ल्याईएकोमा उनको उपचारकै क्रममा निधन भएको हो । उनको शव पाल्पा रामपुरनै लगिएको छ।उनका दुई छोरा र एक छोरी छिन् । जेठा सन्तान गायक बद्री पंगेनी हुन् ।
२० माघ २०७६, सोमवार ०९:३५ बजे प्रकाशित