धनगढीबाट एक युवक बेपत्ता

धनगढी :धनगढीबाट एक युवक बेपत्ता भएका छन्। बैलौरी नगरपालिका १० शिव नगरका २३ वर्षीय किरण शाही धनगढी उपमहानगरपालिका वडा नम्बर २ बैयाबेहडीबाट बेपत्ता भएको उनका दाइ सुरेन्द्र शाहीले बताए ।

शाहीको खोजी गर्न उनका परिवारले जिल्ला प्रहरी कार्यालयमा समेत निवेदन दर्ता गराएका छन् ।

गहुँगोरो वर्णका शाही अन्दाजी पाँच फिट उचाइ, कालो टोपी, कालो जकेट, खैरो ट्राउजर र चप्पल लगाएको अवस्थामा रहेको उनका दाइले बताए ।

बोल्न नसक्ने अवस्थाका शाहीलाई कसैले भेटाए नजिकैको प्रहरी चौकीमा पु¥याइदिन उनका आफन्तले आग्रह गरेका छन्।


२० माघ २०७६, सोमवार ०७:०७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु