हेलिकप्टरबाट एकै दिन २ सुत्केरीको उद्धार

बाजुरा : जिल्लाको दुर्गम गाउँ साप्पाटा र गोत्रीबाट सेनाको हेलिकप्टरद्धारा एकै दिन २ जना सुत्केरीको उद्धार गरिएको छ । स्वामीकार्तिक खापर गाउँपालिका वडा न २ फयाल गाउँकी गिता बिक र जगन्नाथ गाउँपालिका वडा न ५ बेहरडाडा गाउँकी २१ बर्षीया श्रृजना सार्कीको एकै दिन उद्धार गरिएको हो ।

साप्पाटा फयालगाउँकी गिताले घरमै बच्चा जन्माएको र स्वास्थ्य संस्थामा नगएकाले उच्च रक्तश्राप भएका कारण गाउँको स्वास्थ्यचौकीमा उपचार हुन नसक्ने भएका कारण हेलिकप्टरमार्फत नेपालगञ्ज उपचारका लागि लगिएको जिल्ला अस्पताल बाजुराका प्रमुख रुपचन्द्र बिश्वकर्माले बताए ।

चौथो सन्तानका रुपमा छोरोको जन्म दिएकी ३५ बर्षीया बिकको अत्यधिक रक्तश्रावका कारण आमा र छोराको ज्यान जोखिममा परेको थियो । त्यसैगरी गोत्रीकी श्रृजनाको १५ गतेदेखि लामो ब्याथा लागेको र पहिलो गर्भवती भएकाले पाठेघरको मुख नखोलिँदा समस्या भएको कारण उनलाई पनि हेलिकप्टरमार्फत उद्धार गरिएको गोत्री सामुदायिका स्वास्थ्य ईकाइका प्रमुख अमर बुढाले बताए । गाउँमा उपचार सम्भव नभएपछि उनलाई पनि उपचारका लागि नेपागञ्जस्थित कोहलपुर मेडिकल कलेजमा लगिएको डा. बिश्वकर्माले बताएका छन् ।


१८ माघ २०७६, शनिवार २३:०८ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु