#belauri nagarpalika
#belauri

डडेल्धुरा महोत्सवको तयारी तीव्र

#belauri
#bhimdat

डडेल्धुरा : नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न डडेल्धुरामा आयोजना हुन लागेको ‘सुदूरपश्चिम प्रदेशस्तरीय कृषि, पर्यटन औद्योगिक व्यापार मेला एवं चौथो डडेल्धुरा महोत्सव’को तयारी तीव्र पारिएको छ।

‘सुखी नेपाली समृद्ध नेपाल : कृषि पर्यटन उद्योग र व्यापार, समृद्धिको आधार’ भन्ने मूल नाराकासाथ फागुन ८ गतेदेखि १८ गतेसम्म आयोजना हुने महोत्सवको तयारी तीव्र पारिएको हो।

डडेल्धुरा उद्योग वाणिज्य संघ डडेल्धुराले भ्रमण वर्षलाई सफल बनाउन र यहाँका ऐतिहासिक पुरातात्विक सांस्कृतिक धार्मिक एवं पर्यटकीय स्थलको प्रवर्द्धन गर्न महोत्सवको आयोजना गर्न लागिएको हो। शनिबार वाणिज्य संघले पत्रकार सम्मेलनमार्फत महोत्सवको तयारी तीव्र पारिएको जानकारी दिएको हो।

२०६५ सालमा पहिलोपटक महोत्सव गरेको उद्योग वाणिज्य संघले यसवर्ष नेपाल भ्रमण वर्षलाई टेवा पुर्‍याउने र विकासका सम्भावना पहिचान गर्ने उद्देश्यसहित महोत्सव आयोजना गर्न लागेको संघका अध्यक्ष लोकराज भट्टले जानकारी दिए। महोत्सवको उद्घाटन नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने भएका छन्।


१८ माघ २०७६, शनिवार २३:०४ बजे प्रकाशित

#belauri nagarpalika
dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

Badekdar
#badhimalika nagarpalika

सम्बन्धित शीर्षकहरु