punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

यो वर्ष प्रणय दिवसमा एक करोडको मात्रै गुलाफ आयात हुने

Chaupati
safha napa

काठमाडौं : विगतको वर्षको तुलनामा यस वर्ष प्रणय दिवसका लागि रातो गुलाफ फूलको आयात कम हुने भएको छ । बजार माग कम भएकाले रातो गुलाफ फूलको आयात कम हुने भएको हो ।

गत वर्षको प्रणय दिवसका लागि रु एक करोड ५० लाख मूल्यको एक लाख ६० हजार ‘स्टिम’ गुलाफ आयात गरिएकामा यो वर्ष भने रु एक करोड मूल्यको एक लाख २० हजार ‘स्टिम’ गुलाफ मात्र आयात गर्न लागिएको हो ।

बजारको माग कमी रहेकाले भारतबाट यस वर्ष गत वर्षभन्दा कम परिमाणमा फूल आयात गर्न लागिएको फ्लोरिकल्चर एसोसिएशन नेपालले जनाएको छ । प्रणय दिवसमा खपत हुने एक लाख ५० हजार स्टिम गुलाफमध्ये एक लाख २० हजार बाहिरी देशबाट ल्याइने र ३० हजार स्वदेशमै उत्पादन हुने जनाइएको छ ।

एसोसिएशनका अध्यक्ष कुमार कसजु श्रेष्ठका अनुसार गुलाफको यस वर्ष मूल्य बढ्ने छैन । नेपालमा वार्षिक रु २० करोडको गुलाफ फूलको कारोवार हुने गरेको छ । प्रणय दिवसकै लागि भने रु दुई करोडको कारोवार हुने गर्दछ । आन्तरिक उत्पादन ३० र बाह्य देशबाट आयात गरिने ७० प्रतिशत रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । आयात गरिएका गुलाफमध्ये सबैभन्दा बढी काठमाडौँ उपत्यकामा ६० प्रतिशत खपत हुने एसोसिएशनले जनाएको छ । प्रयोगकर्ताको कमी भएकाले विगतको वर्ष जस्तै यस वर्ष पनि प्रतिगुलाफ रु ७० देखि १०० सम्म उपभोक्ताले खरिद गर्नुपर्ने हुनेछ ।

पश्चिमा संस्कृति भए पनि पछिल्लो समय नेपालमा यस दिवसलाई विशेष महत्वका साथ लिने गरेको पाइन्छ । प्रणय दिवस फेब्रुअरी १४ तारिखमा पर्दछ तर उक्त दिनभन्दा एक हप्ताअघिदेखि नै यसलाई मनाउने प्रचलन रहेको छ । प्रेमको प्रतीक मानिने रातो गुलाफ यस दिवसमा प्रेम जोडीले एकअर्कालाई उपहारस्वरुप दिएर मनाउने गर्दछन् ।


१८ माघ २०७६, शनिवार २२:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु