सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला कञ्चनपुरमा आयोजना हुने

कञ्चनपुर : आगामी फागुन पहिलो सातादेखि सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव आयोजना हुने भएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघ र भीमदत्त नगरपालिकाको संयुक्त सहकार्यमा फागुन ७ देखि १७ गतेसम्म पर्यटन महोत्सव हुन लागेको हो ।

महोत्सव सञ्चालनका लागि संघका अध्यक्ष जंगबहादुर मल्लकोे संयोजकत्वमा १५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । लगानीका अवसर सृजना गर्न, सहकारी, वित्तीय क्षेत्र तथा बैंकिङ क्षेत्रका सेवासुविधाको प्रदर्शन गर्न, कृषि पेशालाई व्यावसायिक रूपमा उन्मुख गराउन सहयोग गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागेको संघले बताएको छ ।

महोत्सवमा लघु उद्यम प्रदर्शनी, अटो प्रदर्शनी, गार्मेन्ट उत्पादन, कृषि प्रदर्शनी वैकल्पिक ऊर्जा, पर्यटन प्रवद्र्धन, गुणस्तरीय दैनिक उपभोग्य वस्तु तथा सांस्कृतिक कार्यक्रम आकर्षणका रूपमा रहनेछन् ।

संघले महोत्सवका लागि स्वागत तथा सत्कार, सुरक्षा व्यवस्थापन, प्रदर्शनी कक्ष छनौट र प्रायोजक समिति, सचिवालय एवं प्रचारप्रसार, सांस्कृतिक तथा बाल उद्यान समिति आर्थिक तथा महिला उद्यम समिति गठन गरेको छ ।


१८ माघ २०७६, शनिवार २२:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु