रुख बाट लडेर एक जनाको मृत्यु

बझाङ :बझाङ जिल्लाको विकट साईपाल गाउपालिकामा रुख बाट लडेर एक जनाको मृत्यु भएको छ । साईपाल गाँउपालिका वडा नम्बर १ बस्ने २६ बर्षिया पर्या बोहरा भेडा चराउन गएको समयमा दिउसो रुख बाट लडेर गम्भिर घाईते भएका थिए ।

घाईते बोहराको थप उपचारका लागि हेलिकोप्टरको ब्यास्था गर्दा गर्दा झण्डै ३ घण्टा पछि मृत्यु भएको साईपाल गाँउपालिकाका अध्यक्ष राजेन्द्र बहादुर धामीले बताउनु भयो । भेडा चराउन गएका बोहरा साईपाल गाँउपालिका वडा नम्बर १ को गणभट्ट भन्ने ठाँउमा रुख बाट लडेर गम्भिर घाईते भएका थिए ।


१८ माघ २०७६, शनिवार १२:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु